Rule 26
मौज्दात जाच्न सक्ने
इजाजतपत्रवालाले अन्तशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ अर्ध तयारी पदार्थ वा वस्तु तथा तयारी पदार्थ वा वस्तुको मौज्दात जाच गर्नका लागि कार्यालयले कुनै पनि समयमा कर्मचारी खटाउन सक्नेछ । त्यस्तो कर्मचारीलाई मौज्दात जाच गर्न दिनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ । त्यसरी जाच गरिएको विवरणको प्रतिवेदन कार्यालयले विभागमा पेश गर्नु पर्नेछ ।